Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वायु सेवा सञ्चालक सङ्घको आन्दोलन तत्कालका लागि स्थगित, उडान नियमित रहने  

वायु सेवा सञ्चालक सङ्घको आन्दोलन तत्कालका लागि स्थगित, उडान नियमित रहने  

images

इच्छाकामना न्युज

८, आषाढ २०७९
वायु सेवा सञ्चालक सङ्घको आन्दोलन तत्कालका लागि स्थगित, उडान नियमित रहने  
images

काठमाण्डौ, ८ असार । वायु सेवा सञ्चालक सङ्घ नेपालले तत्कालका लागि आन्दोलन स्थगित गर्ने भएको छ । आन्दोलन स्थगित भएसँगै आजबाट नियमित हवाई उडान पनि सुचारु हुने भएको सङ्घले जनाएको छ ।

हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै सङ्घले आजदेखि नियमित उडान रोक्ने घोषणा गरेको थियो । तर, गयराति सरकारसँग भएको वार्ता पछि तत्कालका लागि आन्दोलन स्थगित गरेर उडान नियमित गर्ने सहमति भएको सङ्घका प्रवक्ता योगराज कँडेलले सीआईएनसँग बताउनुभयो ।

विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्न सङ्घको माग रहेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने पनि सङ्घले माग गरेको छ ।

सङ्घको मागको विषयमा आज पनि सरकारसँग १२ बजे छलफल हुने प्रवक्ता कँडेलले बताउनुभयो । उहाँले हिजो भएको वार्तामा सरकार हाम्रा मागप्रति सकारात्मक भएको र आज पुनः १२ बजे वार्ताका लागि बोालाइएको जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०९:००:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology