Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रोजगारी सिर्जना गर्न स्थानीय तहले उत्पादनमूखी कृषिलाई जोड दिने 

रोजगारी सिर्जना गर्न स्थानीय तहले उत्पादनमूखी कृषिलाई जोड दिने 

images

सिआईएन

७, आषाढ २०७९
रोजगारी सिर्जना गर्न स्थानीय तहले उत्पादनमूखी कृषिलाई जोड दिने 
images

उषा तामाङ, काठमाडाँै, ७ असार । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको तयारीमा रहेका स्थानीय तहले उत्पादनमूखी कृषिलाई जोड दिने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि कृषि र पशुपालन विकासको क्षेत्रमा १५ करोड बढि रकम विनियोजन गर्ने तयारी गरेको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो ।

बेरोजगारको तथ्याङ्क सङ्कलन गर्न ५४ जना गणक खटाएको गुल्मीको इश्मा गाउँपालिकाले ‘एक घर एक उद्यम, एक वडा एक उद्योग’ स्थापना गर्ने र रोजगारी बढाउने गरि योजना ल्याउने तयारी गरेको छ । विज्ञहरू भने आफ्नो वस्तुगत अवस्थाअनुसार रोजगारीका कार्यक्रम ल्याउन स्थानीय तहलाइ सुझाव दिन्छन् ।

स्थानीय तहका विज्ञ पुरुषोत्तम नेपालले आफ्नो भौगोलिक अवस्था अनुसार कृषि, पशुपालनासहित उद्यमलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल श्रम शक्ति सर्वेक्षण २०७४–७५ अनुसार नेपालमा युवा उमेर समूहको जनसङ्ख्या मध्ये ९ लाख ८ हजार बेरोजगार छन् ।

सर्वेक्षणका अनुसार प्रदेश २ मा सबैभन्दा बढी अर्थात कुल श्रमशक्तिमध्ये २० दशमलव १ प्रतिशत बेरोजगार छन् । सबैभन्दा कम बागमती प्रदेशमा ७ प्रतिशत युवाहरू बेरोजगार छन् । 

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - १०:३५:०३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology