Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

images

इच्छाकामना न्युज

६, आषाढ २०७९
एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन
images

काठमाण्डौ, ६ असार । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ नेतृत्त्व चयनका लागि आज चुनावी साधारणसभा हुँदै छ । बिहान ९ बजे बुढानिलकण्ठस्थित एक रिसोर्टमा सुरु हुने साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।२१ सदस्यीय कार्य समितिको चयनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङका साथै पूर्व अध्यक्ष राजीव पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।

एन्फा निर्वाचनमा ८४ जना प्रतिनिधिले मतदान गर्ने छन् ।चुनावी साधारण सभाको उद्घाटन ९ बजे हुनेछ भने मतदानको प्रक्रिया २ बजेदेखि सुरु हुने छ । ४ बजेसम्म मतदानको समय दिइने र त्यसपछि मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि ५ प्रकारका मतपत्र बनाइएको छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सदस्य र महिला सदस्यका लागि छुट्टा छुट्टै मत पत्र तयार पारिएको हो । अध्यक्षमा ३ जना उम्मेदवार रहेकाले कुनै एक उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसेको दोस्रो चरणमा निर्वाचन गराउनु पर्ने प्रवाधान रहेको छ । यस्तोमा धेरै मत ल्याउने २ जनाबीच पुनः चुनाव हुनेछ । 

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - ०८:५२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology