कुरिनटार, ५ असार । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल अविनासले निर्माणाधिन आयोजनाहरुको काम सममै सक्न निर्देशन दिएका छन्।
निर्माणधिन आयोजनाहरुको अनुगमन गर्ने क्रममा स्तरोन्नती भइरहेको चितवनको इच्छाकामना ४ स्थित नाग्दीखोला–लामिडाँडा सडकको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।
उक्त सडकमा प्रदेश सरकारको १४ लाख बजेटमा ११८ मिटर कंक्रिट ढलान भइरहेको छ।
२०७९ जेष्ठ २ गते सम्झौता भई उक्त आयोजना सुरुभएको हो । केही दिन अघिको बर्षाले निर्माण सामाग्रीहरु गिट्टी बालुवा बगाएका कारण ढिला भएको नाग्दीखोला लामिडाँडा सडक स्तरोन्नती समितिका अध्यक्ष तूल बहादुर मगरले बताए। । सामाग्री बगाएपछि ६ दिन म्याद थप गरिएको उनले बताए।