Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धादिङको धार्केमा किसानले गाडी छेकेर मल कब्जा गरे

धादिङको धार्केमा किसानले गाडी छेकेर मल कब्जा गरे

images

इच्छाकामना न्युज

४, आषाढ २०७९
धादिङको धार्केमा किसानले गाडी छेकेर मल कब्जा गरे
images

धादिङ, ४ असार । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दूई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन् । भारतबाट भन्सार छलि गरेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् । भन्सार छलि गरि ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिए पछि व्यापारीहरुको संलग्नतामा किसानहरुलाई जानकारी गराए पछि झन्डै ५ सय जना किसानले पृथ्वी राजमार्गको वीच सडकमा नौ ट्रक रोकेर नियन्त्रणमा लिएका छन् ।

व्यापारीहरुले केही समय देखि भन्सार छलि गर्दै धादिङका स्थानिय बजारमा मल कालोबजारी गर्दै बेच्दै आएको आरोप पनि लागेको छ । विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिए पछि व्यापारीको संलग्नतामा स्थानिय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगेको बताएका छन् ।

अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानहरुले मल कब्जा गरेका हुन् । किसानहरुले मल कब्जा गर्ने क्रममा प्रहरीले भिडलाई तितरवितर गर्न लाठी प्रहार पनि गरेको छ ।

 

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - १९:०७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology