Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि ‘एसियन बुद्ध’को सुभारम्भ

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि ‘एसियन बुद्ध’को सुभारम्भ

images

इच्छाकामना न्युज

४, आषाढ २०७९
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि ‘एसियन बुद्ध’को सुभारम्भ
images

रुपन्देही, ४ असार । नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि सुविधासम्म चार तारे होटल ‘एसियन बुद्ध’ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारीक वातावरणमा गुणस्तरीय सेवा दिने उदेश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो ।

युवा व्यवसायी पोमनारायण अधिकारीसहितका व्यवसायीले करिब एक अर्बको लागानीमा ‘एसियन बुद्ध होटल’ आजबाट अनौपचारिक रुपमा संचालनमा ल्याएका हुन् ।  क्यासिनो, हेल्थ क्लब, स्पा, स्वीमिङ पुलसहित फोर स्टारको लागि आवश्यक सबै सेवासुविधा रहेको अधिकारीले जानकारी दिए ।

८४ वटा रुमसहित फोर स्टार लेवलको लागि आवश्यक सबै सुविधासहित होटल शुभारम्भ गरिएको हो । अधिकारीले भने अनौपचारिक रुपमा सुरु गरिएको भए पनि औपचारिक रुपमा भने केही समयपछि विशेष समारोहका विच सुभारम्भ हुनेछ ।

अर्घाखाँची पाणिनी गाउँपालिका–७ अड्गुरीका अधिकारीका गुडलाईफ फुड प्रोडक्स मार्फत अड्गुरी, गोल्डेनलगायतका कुकिज तथा बिस्कुट नेपाली बजारमा चर्चित छन् । यस्तै अधिकारीकै एशियन एग्रो इन्डष्ट्रिज प्रालिले चाउमिन, सुजी, पास्तालगायतका खाद्यवस्तु समेत उत्पादन गर्दै आएको छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - १७:२७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology