Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

काँग्रेसबाट निर्वाचित धादिङका स्थानीय तहका जनप्रतिनिधिहरु चुम्लिटारको सिद्धार्थ रिसोर्टमा, पार्टीले प्रशिक्षण दिने

काँग्रेसबाट निर्वाचित धादिङका स्थानीय तहका जनप्रतिनिधिहरु चुम्लिटारको सिद्धार्थ रिसोर्टमा, पार्टीले प्रशिक्षण दिने

images

इच्छाकामना न्युज

४, आषाढ २०७९
काँग्रेसबाट निर्वाचित धादिङका स्थानीय तहका जनप्रतिनिधिहरु चुम्लिटारको सिद्धार्थ रिसोर्टमा, पार्टीले प्रशिक्षण दिने
images

चुम्लिङटार, ४ असार । सिद्धार्थ रिसोर्ट चुम्लिङटारमा आज नेपाली कांग्रेस धादिङले स्थानीय तहको निवार्चनबाट विजयी भएका आफ्ना जनप्रतिनीधिहरुलाई प्रशिक्षण दिने भएको छ ।

कांग्रेसले आफ्ना नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षका लागि लागि स्थानीय सरकार संचालन र स्थानीय स्तरमा योजना तर्जुमा तथा नीतिनिर्माण सम्बन्धि कार्यशाला गोष्ठी संचालन गर्न लागेको हो ।

आज शनिबार सिद्धार्थ रिसोर्ट चुम्लिङटारमा संचालन गरिन लागेको कार्यशाला गोष्ठीमा स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरि १२ जना जनप्रतिनिधिहरूलाई सहभागी हुने नेपाली काँग्रेस धादिङका सहसचिव नवराज तिमल्सेनाले जानकारी दिए ।

उक्त कार्यशालामा सहजीकरणको लागि नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष प्रा। डा। गोबिन्दराज पोखरेल, केन्द्रिय सदस्य दिलमान पाख्रीन, बागमती प्रदेश योजना आयोगको सदस्य राजु नेपाल र नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल आउने भएका छन् ।

प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको प्रशिक्षण पछि धादिङ कांग्रेसले वडा अध्यक्ष र कार्यपालिका सदस्यको लागि पनि यस्तै कार्यक्रम संचालन गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - १०:०९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology