मनकामना, ३ असार । गोरखाको शहिद लखन गाउँपालिका ३ स्थित मनकामना बजारमा रहेको फुलवारी रिसोर्टमा रिसोर्टकै एकजना कामदार मृत भेटिएका छन्। काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका वडा नम्बर ५ तुसारे घर भै रिसोर्टमै कार्यरत २३ बर्षका रामहरि गौतम मृत भेटीएका हुन्।
हिजो बेलुका खाना खाएर रिसोर्ट भित्रकै कोठामा सुतेका उनी बिहान अबेरसम्म नउठे पछि उठाउन जाँदा मृत भेटीएका हुन। उनीसगैँ कोठामा अरु दुईजना काम गर्ने साथीहरु पनि सुतेका थिए। अहिले घट्ना स्थलमा प्रहरी पुगेको छ। घटना के कारणले र कसरी भएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने ईलाका प्रहरी कार्यालय, मनकामनाका प्रहरी प्रमुख सहि कृष्ण मुरारी पौडेले जानकारी दिए।
मृतक गौतम एक महिना अघि मात्रै मनकामना फुलवारी रिसोर्टमा खाना बनाउने काममा आएको रिसोर्टले जानकारी दिएको छ।