Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जिसस चितवनको निर्वाचनमा एमालेको भाग्य बलियो, गोलाप्रथाबाटै प्रमुखसहित ६ जना निर्वाचित

जिसस चितवनको निर्वाचनमा एमालेको भाग्य बलियो, गोलाप्रथाबाटै प्रमुखसहित ६ जना निर्वाचित

images

इच्छाकामना न्युज

३१, जेठ २०७९
जिसस चितवनको निर्वाचनमा एमालेको भाग्य बलियो, गोलाप्रथाबाटै प्रमुखसहित ६ जना निर्वाचित
images

चितवन, ३१ जेठ । भनिन्छ भाग्य बलियो भए सबै ठिकठाक हुन्छ । जिल्ला समन्वय समिति (जिसस) चितवनको निर्वाचनमा नेकपा (एमाले)लाई ठ्याक्कै त्यस्तै भयो । भाग्य बलियो भएपछि गोलाप्रथाबाट नै एमालेले जिसस चितवनमा बहुमत प्राप्त गरेको छ । सत्तागठबन्धन र एमालेको समान ७ मत भएपछि गोलाप्रथा हुने निश्चित थियो । तर एमालेको मुख्य दाउ जिसस प्रमुख जसरी पनि जित्ने थियो । नेकपा (एकीकृत समाजवादी)लाई हरतवरले फकाउन एमाले प्रयासरत थियो ।

सोही अनुसार समाजवादीका उम्मेद्वार भएको ठाउँमा एमालेले उम्मेदवार नै उठाएन । फलस्वरुप जिसस उपप्रमुखमा समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् । एक जना महिला सदस्य पाएको समाजवादीको स्थानमा पनि एमालेले उम्मेदवार नउठाई उल्टै शतप्रतिशत १४ मतका साथ पुजना गुरुङलाई निर्वाचित गरायो । तर एमालेले चाहे अनुसार प्रमुखमा एमालेका उम्मेदवार नारायण प्रसाद अधिकारी सजिलै निर्वाचित भएनन् ।

कांग्रेसका उम्मेदवार पूर्णबहादुर रानाभाटसंग बराबर ७ मत प्राप्त भएपछि अधिकारीले गोला थुत्न बाध्य भए । एक मत रहेको समाजवादीबाट मत प्राप्त गर्न नसकेपछि नतिजा गोलाप्रथातर्फ धकेलियो । भाग्य बलियो भएपछि अधिकारी गोलाप्रथाबाट एक मत थप गर्दै प्रमुखमा निर्वाचित भए ।

सुरुवातमै एमालेका उम्मेदवारको भाग्य बलियो देखिएपछि सदस्यमा पनि सोही अवस्था दोहोरियो । ६ जना सदस्यका लागि एमालेले ५ जना उम्मेदवार बनाएको थियो । जसमध्ये गोलाप्रथाबाट ४ जना एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

खुल्लातर्फ तीन जना सदस्यमा गोलाप्रथाबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संजीवप्रसाद पौडेल मात्रै निर्वाचित भए । गोलाप्रथाबाट नेकपा (एमाले)का कृष्णप्रसाद भट्टराई र बाबुराम सुवेदी निर्वाचित भए । ३ जनाका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट नेकपा (माओवादी केन्द्र)का अर्जुन भण्डारी, धर्मलाल देवकोटा र एमालेका लक्ष्मीनारायण चौलागाई पराजित भए । उनीहरुसको सबैको समान ७ मत प्राप्त भएको थियो ।

महिलातर्फ तीन जना सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)की पुजना गुरुङ शतप्रतिशत १४ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनले गठबन्धनको मात्र नभई नेकपा (एमाले)को समेत ७ मत प्राप्त गरिन् । एमालेले ३ जना महिला सदस्यका लागि २ जना मात्रै उम्मेदवार उठाएको थियो । अन्य महिला सदस्यहरुमा एमालेकै सविता चौधरी र अनिता नेपाल निर्वाचित भएका छन् । उनीहरु दुवै जना गोलाप्रथाबाट निर्वाचित भएका हुन् । महिला सदस्यमा पनि एमालेको भाग्य बलियो रह्यो । कांग्रेसकी अनिता चौधरी र माओवादीकी सुमित्रा तामाङ श्रेष्ठले समान ७ मत ल्याएपछि गोलाप्रथाबाट पराजित हुन पुगे ।

एक जना दलित वा अल्पसंख्यक सदस्यमा पनि एमालेको भाग्य बलियो रह्यो । एमालेकी गुनु विक गोलाप्रथाबाट निर्वाचित भइन् । नेपाली कांग्रेसकी केशरी माया सुनार र गुनुको बराबर ७ मत भएपछि गोलाप्रथाबाट निर्वाचित गरिएको थियो ।

उपप्रमुखमा भने नेकपा (एकीकृत समाजवादी)की कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् । उनको स्थानमा एमालेले उम्मेदवार नउठाएपछि कल्पना निर्विरोध निर्वाचित हुन सफल भइन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको निर्वाचनमा कुल १६ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिएका थिए ।

 

images
प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलवार - १६:०३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology