Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाले आगामी वर्षको निति तथा कार्यक्रमका लागि सबै पक्षसँग सुझाव संकलन गर्ने 

इच्छाकामना गाउँपालिकाले आगामी वर्षको निति तथा कार्यक्रमका लागि सबै पक्षसँग सुझाव संकलन गर्ने 

images

इच्छाकामना न्युज

३०, जेठ २०७९
इच्छाकामना गाउँपालिकाले आगामी वर्षको निति तथा कार्यक्रमका लागि सबै पक्षसँग सुझाव संकलन गर्ने 
images

कुरिनटार, ३० जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले आगामी वर्षको निति तथा कार्यक्रम बनाउने क्रममा सबै पक्षसँग सुझाव संकलन गर्ने भएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०७९/०८० को लागि गाउँपालिकाले तयार पार्न लागिएको वार्षिक निति तथा कार्यक्रमको लागि सुझाव माग गरेको हो।

सूचनामा गाउँपालिका भित्रका सबै संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचार जगत तथा आम गाउँपालिकावासीलाई गाउँपालिकाको वार्षिक निति तथा कार्यक्रमको लागि सुझाव दिन आग्रह गरिएको छ । 

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सुझाव संकलनका बारे कुरा गर्दै गाउँपालिकाको विकास र समृद्धिमा सबैले अपनत्व महशुस गर्न सकोस् साथै सबैको सहयोग र सद्भाव रहोस् भन्ने अभिप्रायले आफुहरुले सुझाव संकलन गर्न लागिएको बताए । सुझाव दिन चाहने महानुभावहरुले गाउँपालिकाको इमेल ठेगाना ichchhakamanaruralmun@gmail.com मा आफ्नो सुझाव पठाउन सकिने पनि उनले बताए। 

286031319_524528302752436_5962227819407215330_n.jpg

images
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार - २१:२४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology