Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नमागेको अध्यक्ष प्रचण्डको प्रष्टिकरण 

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नमागेको अध्यक्ष प्रचण्डको प्रष्टिकरण 

images

इच्छाकामना न्युज

३०, जेठ २०७९
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नमागेको अध्यक्ष प्रचण्डको प्रष्टिकरण 
images

काठमाण्डौ, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नमागेको प्रष्टिकरण दिनुभएको छ ।

आफूले अर्थमन्त्रीको राजीनामा मागेको भनेर चलाइएको हल्ला नियोजित र षड्यन्त्रपूर्वक ढङ्गले आएको प्रचण्डको भनाइ रहेको छ । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको दाबी गर्नुभयो ।

केही सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई खुमलटारमै बोलाएर राजीनामा मागेका समाचारहरू सार्वजनिक गरेका थिए । तर, अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको राजीनामासँग जोडेर आएका कुनै पनि समाचार बदनाम गराउन फैलाएको अफवाह र षडयन्त्रबाहेक अरू केही नभएको दाबी गर्नुभयो ।

यो बदनाम गर्न फैलाएको अफवाह र पार्टी विरुद्धको षडयन्त्रबाहेक केही नभएको उहाँको भनाइ थियो । 

images
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार - १९:४५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology