Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैतडीको खोड्पे बजारमा खानेपानीको हाहाकार

बैतडीको खोड्पे बजारमा खानेपानीको हाहाकार

इच्छाकामना न्युज

३०, जेठ २०७९
बैतडीको खोड्पे बजारमा खानेपानीको हाहाकार
images

सीपी लोहिया, बैतडी, ३० जेठ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ स्थित खोड्पे बजारमा ५ दिन यता खानेपानीको हाहाकार भएको छ । बैतडी दार्चुला र बझाङ जिल्लाका यात्रुहरू आउने चौराहासमेत रहेको यस बजारमा खानेपानीको हाहाकार हुँदा यहाँ आउने यात्रु, व्यापारी र स्थानीयवासी मर्कामा परेका छन् ।

images
images

लिफ्ट प्रणालीको खानेपानी धारामा नआउँदा दैनिक दुईदेखि तीन हजार रकम खर्च गरेर टाढाबाट पानी मगाउनु परेको होटेल व्यवसायी मानबहादुर राईले बताए । अन्यत्रबाट ल्याएको पानी ग्राहकलाई पुगाउनै मुस्किल परिरहेको उनले बताए । बजारमा खानेपानी नआउँदा पिउन, खाना पकाउन, गर्मीको समयमा सरसफाइ गर्न समस्या भएको स्थानीय दीपक ऐरले बताए । विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको छ । 

लिफ्ट प्रणालीबाट सञ्चालन गरिएको खानेपानी आयोजना विद्युतको भोल्टेज नपुग्दा अवरुद्ध हुन पुगेको वडाध्यक्ष हरिष विष्टले बताए । बजार व्यवस्थापन समिति अध्यक्ष समेत रहेको विष्टले भने,‘खानेपानी मुहान बाट तान्नका लागि ३सय ८० भोल्टेज आवश्यक पर्छ अहिले ३सय ४० भोल्टेज मात्रै आएको छ । विद्युत् प्राधिकरणसँग निरन्तर सम्पर्कमा छौँ । भोलि सम्म विद्युत् लाइन हेरिदिने भनेका छन् । १/२ दिनमा पानी सुचारु हुनसक्छ ।’

विद्युत् वितरण केन्द्र बैतडीका अनुसार मंगलबार सम्म  विद्युत् मर्मतको लागि प्रविधिक टोली आउने छ । 

खोडपेमा बेला बेला खानेपानीमा समस्या हुँदै आएको छ । खोड्पेमा एक दर्जन बढी कार्यालयहरू, दुई सय बढी पसल तथा होटेलहरू, दैनिक आउने हजारौँ यात्रुहरू समस्यामा पर्ने गर्दछन् । 

 

images
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार - १९:३८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology