Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन-आँबुखैरेनी सडकखण्ड पूर्ण रुपमा संचालनमा

मुग्लिन-आँबुखैरेनी सडकखण्ड पूर्ण रुपमा संचालनमा

images

इच्छाकामना न्युज

२९, जेठ २०७९
मुग्लिन-आँबुखैरेनी सडकखण्ड पूर्ण रुपमा संचालनमा
images

तनहुँ ,२९ जेठ । पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्ड पूर्ण रुपमा संचालनमा आएको छ ।  २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो । २७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो ।

यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द थिए । तर अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

मुग्लिन आँबुखैरेनी सडक खुल्ला भए पनि याम्फा फाँट–घाँसीकुवा खण्डमा भने राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरिएको छ ।

 

images
प्रकाशित मिति :जेठ २९, २०७९ आइतवार - २०:०१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology