Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार आर्थिक सहयोग गर्ने

आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार आर्थिक सहयोग गर्ने

images

इच्छाकामना न्युज

२९, जेठ २०७९
आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार आर्थिक सहयोग गर्ने
images

आँबुखैरेनी, २९ जेठ । आँबुखैरेनी गाउँपालिका कार्यालयले क्यान्सरका बिरामीलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । 

उपचारमा ठूलो धनराशि खर्च हुने किसिमका बिरामीलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले उपचार कोष नै स्थापना गरेर अघि बढ्न लागेको जनाएको छ । पछिल्लो समय क्यान्सरका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको अवस्थामा उनीहरूको उपचारमा सहज बनाउन गाउँपालिका सरकार, निजी क्षेत्र र आम जनसमुदायको सहकार्यमा उपचार कोष खडा गरिने अध्यक्ष चुमानले जानकारी दिनुभयो । 

उक्त कोषमा सहयोग गर्न चाहनेलाई गाउँपालिकाले हातेमालो गर्नसमेत अनुरोध गरेको छ । गाउँपालिकाले १५ शय्याको आधुनिक अस्पताल सेवा सञ्चालन गर्ने भएको छ । गाउँपालिका कार्यालयले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई आधुनिक अस्पताल बनाएर सेवाग्राहीलाई सेवा दिने योजना बनाएको हो । 

chuman.jpg

बर्थिङ सेन्टरको क्षेत्रमा जिल्लामै उत्कृष्ट कार्य गर्दै आएको सो गाउँपालिकाले जनाएको छ । बर्थिङ सेन्टरलाई अझ प्रभावकारी बनाउन अल्ट्रासाउण्ड, इसिजी र एक्सरे मेसिन राखेर ‘डि’ ग्रेडको प्रयोगशालालाई ‘सी’ ग्रेड श्रेणीमा परिस्कृत गर्न लागेको गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो । 

गाउँपालिकाले व्यय व्यहोर्ने गरी ‘क’ श्रेणीका अस्पतालसँग सम्झौता गरी एमडिजिपी र एमबीएस गरेका विशेषज्ञ चिकित्सक ल्याउने लक्ष्य राखेको छ ।  छिमेकी जिल्ला गोरखा, देवघाट र तनहुँको आँबुखैरेनी लगायतका पालिकाका बासिन्दालाई समेत सहजरूपमा प्रभावकारी सेवा प्रवाह गर्ने योजना रहेको अध्यक्ष चुमानले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :जेठ २९, २०७९ आइतवार - ०९:३८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology