Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कुरिनटारमा गृहमन्त्री खाँण : विपद् जोखिमको पूर्व तयारीमा रहन सशस्त्र प्रहरी बललाई निर्देशन

कुरिनटारमा गृहमन्त्री खाँण : विपद् जोखिमको पूर्व तयारीमा रहन सशस्त्र प्रहरी बललाई निर्देशन

images

इच्छाकामना न्युज

२८, जेठ २०७९
कुरिनटारमा गृहमन्त्री खाँण : विपद् जोखिमको पूर्व तयारीमा रहन सशस्त्र प्रहरी बललाई निर्देशन
images

काठमाडौं, २८ जेठ । गृहमन्त्री बालकृष्ण खाणले विपदको समयमा पूर्वतयारी र विपद्पछि खोजी र उद्धारका लागि सदैव तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । 

सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित सिसं २ गोताखेर तालिमको समापन गर्दै मन्त्री खाणले विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताए । उनले यस्ता कार्यका लागि नेपाल सरकार र गृहमन्त्रालयका तर्फबाट निरन्तर सहयोग र सहजीकरण हुने विश्व व्यक्त गरे।

285778776_3337232969847123_441448207871941891_n.jpg

समारोहमा मन्त्री खाणले तालिममा प्रथम भएका सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गरे । उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट उपलब्ध गराइएको ९७ लाख बराबरको विभिन्न किसिमका विपद् उद्धार सामग्रीसमेत हस्तान्तरण गरेका थिए। मन्त्री खाणले डिजास्टर म्यानेजमेन्टर रेकर्ड एण्ड एक्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए। 

286720836_768433744177816_712698260238576529_n.jpg

सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एम्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए ।

समारोहमा गृहसचिव टेकनाराण पाण्डेले विपद्‍मा परेका आम नागरिको जीउ धनको सुरक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै विपद् तथा महामहारी आउनुभन्दा अगावै पूर्व तयारी भएर बस्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने बताए ।

images
प्रकाशित मिति :जेठ २८, २०७९ शनिवार - २१:४०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology