जलविरे, २३ जेठ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पनि दलित, भूमिहिन, सुकुम्बासी,अव्यवस्थित बसोबासिका लागि निवेदन दर्ता निस्सा वितरण सुरु गरिएको छ । गाउँपालिकाले आजदेख वडा कार्यालय मार्फत जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो।

निस्सा वितरणको पहिलो दिन आज जलविरेमा एक कार्यक्रमको आयोजना गरि २५ जना दलित, भूमिहिन, सुकुम्बासी,अव्यवस्थित बसोबासिलाई निस्सा वितरण गरिएको वडाध्यक्ष लक्ष्मण चेपाङले बताए।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिका कार्यालय सेवा केन्द्रका प्रमुख हरि देवकोटा लगायतको उपस्थितिमा निस्सा वितरण गरिएको हो ।

गाउँपालिका कार्यालय सेवा केन्द्रका अनुसार इच्छाकामनामा ३ हजार ३८९ भूमिहिन दलित, भूमिहिन सुकुम्वासीले निवेदन दिएका छन् । वडा नम्बर ६ मा भने ३ सय भन्दा बढी रहेको अध्यक्ष लक्ष्मण चेपाङले बताए।