कुरिनटार, २३ जेठ । धादिङको गजुरी बाट चोरी भएको स्कुटर इच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा वेवारिसे अवस्थामा फेला परेको छ। राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखा प्रमुख अनिता श्रेष्ठको बा ८२ प ४६५० नम्बरको होण्डाको स्कुटर गत १२ गते राती राखेको स्थान बाट हराएको थियो।
उक्त हराएको स्कुटर गएराति करिब ८ बजेदेखि इच्छाकामना ३ कुरिनघाट स्थित नर्सिङटार जाने बाटोमा आज बिहानसम्म चाबी अन गरी राखेकै अवस्थामा बेवारिसे भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले स्कुटर नियन्त्रणमा लिएर खोजी गर्दा गजुरीबाट उक्त स्कुटर चोरी भएको पत्ता लागेको हो। सिसि क्यामेरामा हेर्दा नम्बर नखुलेको डबल क्याब बोलेरोमा राखी गजुरी बाट मुग्लिङ तर्फ लगिएको देखिएको थियो।
स्कुटर अहिले कुरिनटार प्रहरिको नियन्त्रणमा छ भने चोरी गर्नेको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ।