Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

२२, जेठ २०७९
इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
images

कुरिनटार, २२ जेठ । इच्छाकामनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक बर्ष २०७४र७५ देखि आर्थिक बर्ष २०७८÷७९ सम्मको बार्षिक प्रगति समिक्षा तथा आर्थिक बर्ष २०७८र७९ को प्रवाह गरिएको सेवा सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले अस्पताल निर्माणमा अलपत्र परेको,फोहोर व्यवस्थापन र सडकमा नाली नहुदाँ बजार फोहोर भई दुर्गन्ध फैलिएको, कृषकहरुको उत्पादनले बजार नपाएको,अपेक्षा भन्दा ज्यादै न्युन मात्रामा आन्तरिक श्रोतबाट आम्दानी हुदाँ योजनाहरु अलपत्र परेको बताएका थिए । कर्मचारीहरुले काममा ढिला सुस्ती गर्दा सेवाग्राहीले सास्ती खेप्न परेको समेत बताएका थिए । साथै सुकुम्बासीका लागि लाल पुर्जा र भुकम्पका कारण अलपत्र परेर अन्यन्त्र आश्रय लिएकाहरको स्थायी बसोबासका लागि अझै टुंगो नलगाएको बारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सालिकराम बस्याल, विषयगत शाखाका प्रमुख, सुरक्षा प्रमुख लगायतले सहभागीहरुबाट आएको प्रश्नको जवाफ दिएका थिए ।

राजनिति दलका प्रतिनिधिहरुले नवर्निाचित जनप्रतिनिधिहरुलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नेकपा एमाले इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवाल, कांग्रेसका नेता विष्णु कुँवर,नेकपा माओवादी केन्द्रका इन्चार्ज प्रताप गुरुङले पनि मन्तव्य राखेका थिए ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामनाको विकास र समृद्धिका लागि सबै पक्षसंग सल्लाह सुझाव लिएर सबैसंग सहकार्य गरेर आफु अघि बढ्ने बताउनुभयो ।

गाउँपालिकाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजकर्ता भने सामुदायिक रेडियो इच्छाकामना एफएम र इच्छाकामना अनलाईन रहेका थिए ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।गाउँपालिका उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य राख्नुभएको थियो । 

images
प्रकाशित मिति :जेठ २२, २०७९ आइतवार - १९:२०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology