भुम्लिचोक, २१ जेठ । आगामी आर्थिक वर्षका लागि गोरखाको गण्डकी गाउँपालिकालाई संघिय सरकारबाट ४५ करोड बजेट विनियोजन भएको छ। संघिय सरकारले आईतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट अनुसार गाउँपालिकालाई ४५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको हो।
गाउँपालिकाले संघिय सरकारबाट चालु वर्ष पाएको र आगामी वर्ष पाउने बजेट अनुसार चालु वर्ष भन्दा आगामी वर्ष ४ करोड २८ लाख रुपैयाँ बढि बजेट विनियोजन भएको छ। स्मरण रहोस् चालु वर्ष गाउँपालिकाले संघिय सरकारबाट ४० करोड ७२ लाख रुपैयाँ पाएको थियो।