Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वन्यजन्तु नियन्त्रणको उपाय नहुँदा खेतीयोग्य जमिन बाँझो भएको किसानहरूको भनाइ 

वन्यजन्तु नियन्त्रणको उपाय नहुँदा खेतीयोग्य जमिन बाँझो भएको किसानहरूको भनाइ 

images

सिआईएन

२०, जेठ २०७९
वन्यजन्तु नियन्त्रणको उपाय नहुँदा खेतीयोग्य जमिन बाँझो भएको किसानहरूको भनाइ 
images

अविनाश आचार्य, काठमाडौँ, २० जेठ । सरकारले भू–उपयोग नियमावली जारी गरेको छ । जसमा विशेष परिस्थितिबाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने र एक लाख रुपैयाँसम्म जरिवाना हुने पनि भनिएको छ । वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट सरदर दैनिक एक हजार जना वैदेशिक रोजगारीमा जाने गरेका छन् । खुला सीमाना हुँदै भारत पसेकाहरूको यकिन तथ्याङ्क छैन ।

बाध्यताले बाँझो भएको जमिन कारबाहीले मात्रै उर्वर नबन्ने काभ्रेका राजन दाहालले बताउनुभयो । पहाडका कतिपय जमिन वन्यजन्तुको हैरानीका कारण बाँझो छन् । बाँदर, बँदेल जस्ता वन्यजन्तु नियन्त्रणको उपाय नहुँदा खेतीयोग्य जमिन घाँसे मैदानमा परिणत भैरहेका छन् । सरकारले यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको धनकुटाका मीन कार्कीले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिरक तथ्याङ्क अनुसार नेपालको जनसङ्ख्या पछिल्लो १० वर्षमा १०.१८ प्रतिशतले बढेको छ । तर आर्थिक सर्वेक्षण २०७७ अनुसार खाद्यान्नको उत्पादकत्वमा प्रतिहेक्टर ०.६ मेट्रिकटनले ह्रास आएको छ । खेतीका लागि बर्सेनि मल बीउको अभाव हुँदा कृषिमा भविश्य खोजिरहेकाहरू समेत हैरान छन् । राज्यले कारवाही गर्नुभन्दा पहिला खेतिको वातावरण बनाईदिनुपर्ने किसानहरू बताउँछन् । 

images
प्रकाशित मिति :जेठ २०, २०७९ शुक्रवार - ०९:१५:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology