Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको धारापानीमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु

इच्छाकामनाको धारापानीमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु

images

इच्छाकामना न्युज

१८, जेठ २०७९
इच्छाकामनाको धारापानीमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु
images

कुरिनटार,१७ जेठ । चितवनमा सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानीमा सवारीको ठक्करबाट अन्दाजी ३०-३५ बर्षको नाम थर र वतन नखुलेको पुरुषको मृत्यु भएको हो ।

हाल सम्म ठक्कर दिने सवारीको नम्बर र किसिम समेत नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विहान ३ : ४५ बजे सवारी साधनले ठक्कर दिई मृत अबस्थामा शब भेटिएको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक र जिल्ला प्रहरी कार्यालय चितवनबाट कार्यालय प्रमुख प्रहरी उपरिक्षक स्वंय सहितको अनुसन्धानको टोली घटनास्थलमा पुगी अनुसन्धान भईरहेको छ । शव भरतपुर अस्पताल पठाईएको र ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - ०८:३१:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology