आँबुखैरेनी, १७ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट आज साढे सात किलो गाजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका १ बस्ने २४ वर्षीय विशाल सुनार र वालिङ नगरपालिका ९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
काठमाडौबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६०१९ नम्बरको बस चेकजाँच गर्ने क्रममा निजहरुलाई गाजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले निजहरुको साथबाट सात किलो पाँच सय ग्राम गाजा बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।