Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

इच्छाकामना न्युज

१६, आश्विन २०७७
खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता
images


बाजुरा, १६ असोज
खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन। बाजुराकोे हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।

images
images

बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उहाँकी ३ छोरी र १ छोरा रहेका छन् । आज दिउसोँ खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताउनुभयो। बेपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उहाँकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोषी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेको  प्रहरी निरीक्षक ठगुन्नाले बताउनुभएको छ । 
उनहिरु कसरी डुबेका हुन भन्ने बिषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सो खोलामा हरेक बर्ष ५ ÷ ६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन् । बेपत्ता भएकाहरूको अहिले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १८:२३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology