व्यास, २६ मंसिर
प्रतिनिधीसभाका सदस्य एवं तनहुँ क्षेत्र नं २ का माननिय सासंद केदार सिग्देलले दुईपिप्ले शिशाघाट वाट टाकान्जाको वाटो निरिक्षण गर्नुभएको छ । स्थानिय पूर्वाधार कार्यक्रम अन्र्तगतको योजना सम्वन्धि स्थानिय वासिन्दा सँग छलफल गर्नुभएको सासंद सिग्देलले उक्त मोटरमार्गको निरिक्षण गर्नुभएको हो ।

कास्की जिल्लाको सिमामा रहेको टाकान्जा सम्म प्रदेश सरकारको वजेटवाट पिचको काम भएको र तनहँु तर्फको वाटो पिच गर्ने स्थानियको आग्रहमा टाकान्जा देखि व्यास नगरपालिका वडा नं ६ को शिशाघाट हुदै लमजुङ्गको दुईपिप्ले सम्मको कच्ची मोटरमार्ग पिच नहुँदा स्थानियले भोग्नुपरेको समस्याको वारेमा छलफल भएको थियो । सो क्रममा सासंद सिग्देलले आफु यस क्षेत्रको विकास का लागी सक्दो सहयोग गरिरहेको वताउनुभयो । यहि आर्थिक वर्षमा नै खर्च हुने गरि स्थानिय पूर्वाधार साझेदारी कार्यक्रमवाट वाटो पिच गर्नका लागी ३० लाख रकम विनियोजन गरेको वहाँले सो अवसरमा वताउनुभयो ।
सो अवसरमा सासंद सिग्देलले संघियता कार्यन्वयन सँगै तीनै तहको सरकारको काम कर्तव्य र भुमिका नवुझेको हुदाँ जनताले दुख पाएको वताउनुभयो । तीनै तहको सरकारको आफनै विकास निर्माण सम्वन्धि परिभाषा रहेको हुदाँ समाजका नेता कार्यकर्ता र सरकोकारवालाले आम जनतालाई वुझाउनुपर्ने वताउनुभएको थियो ।
सरोकारपक्ष सँग भएको छलफल कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपाने, मध्यनेपाल नगरपालिका वडा नं ४ का वडाध्यक्ष निर्मल गौतम, व्यास नगरपालिका वडा नं ६ का वडा सदस्य ढाल प्रसाद घिमिरे, नेकपा जिल्ला कार्यलय सचिव राजेश्वर ढकाल, नेकपा वडा नं ६ का वडाध्यक्ष अर्जुन नागिला, जिल्ला कमिटीका सदस्य कृष्ण न्यौपाने, व्यास नगरपालिकाका ईन्जिनियर रोचक क्षेत्री, सव ईन्जिनियर सुर्वण खनाल लगायत स्थानिय वासिन्दाहरुको उपस्थिती रहेको थियो ।
