Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रतिलिटर तीन रूपैयाँ अनुदान पर्याप्त नभएको चितवनका किसानको गुनासो 

प्रतिलिटर तीन रूपैयाँ अनुदान पर्याप्त नभएको चितवनका किसानको गुनासो 

सिआईएन

१७, जेठ २०७९
प्रतिलिटर तीन रूपैयाँ अनुदान पर्याप्त नभएको चितवनका किसानको गुनासो 

पवित्रा पराजुली, नवलपरासी, १७ जेठ । चितवनको भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानका लागि प्रतिलिटर तीनरूपैयाँ अनुदान दिँदै आएको छ । दूध उत्पादन बढाउनको लागि किसानलाई राहत र प्रोत्साहन दिन यो कार्यक्रम सञ्चालन गरिएको हो । तर, किसान भने लागत अनुसारको अनुदान प्राप्त नभएको बताउँछन् । भरतपुर पाँच तोरीखेतका उदयराज भण्डारीले नौ वर्षअघिबाट पशुपालन गर्दै आएको बताउनुभयो ।

images

लागत धेरै भएपनि सरकारले दिने ३ रूपैयाँ अनुदान भने कम भएको उहाँको गूनासो छ । दूध उत्पादन गर्ने किसानहरूलाई प्रतिलिटर१ रुपैयाँ अनुदान दिँदै आएको महानगरपालिकाले अघिल्लो वर्ष मूल्य बढाएर ३ रूपैैयाँ बनाएको हो । तर दाना र परालको मूल्य बढेकाले अनुदान रकम पर्याप्त नभएको किसान रामचन्द्र लम्सालले बताउनुभयो ।

महानगरपालिकाले उपलब्ध गराउने रकम किसानको बैँक खातामा हरेक महिना जम्मा हुने गरेको छ । किसानलाई थप व्यावसायिक बनाउन उनीहरूको समस्या अनुसारको सहयोग गर्न महानगरपालिका तयार रहेको आर्थिक विकास महाशाखाका उप सचिव तेजेन्द्र प्रसाद पौडेलले बताउनुभयो । दाना तथा परालमा पनि केही प्रतिशत अनुदानको व्यवस्था भएमा सजिलो हुने किसानको भनाइ छ । 

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०९:०५:२९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology