कुरिनटार, १५ जेठ । इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरिएको छ । चुम्लिङ्गटार स्थित सिद्धार्थ रिसोर्टमा आज एक कार्यक्रमको आयोजना गरि प्याब्सन इच्छाकामनाले गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।
प्याब्सन इच्छाकामनाका संयोजक टंक त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडाध्यक्षहरु, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मस्र्याङ्गदी शिक्षा सदन बोर्डिङ स्कुलका संचालक कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने निजि विद्यालयहरुको तर्फबाट कृष्ण सिलवालले मन्तव्य राखेका थिए ।