Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता

लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता

images

इच्छाकामना न्युज

१५, जेठ २०७९
लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता
images

लमजुङ, १५ जेठ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा  १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । 

वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ । गत आार्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो । आव ०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । त्यस्तै, ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ ।

आव २०७६/०७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएको उक्त कार्यालयले जनाएको छ । आव ०७५/७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए । त्यस्तै, ८७ घरेलु उद्योग नवीरण भएको थियो ।  सो अवधिमा वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन् ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - ११:५१:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology