Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बजेटको तयारीमा प्रदेश सरकार 

बजेटको तयारीमा प्रदेश सरकार 

images

इच्छाकामना न्युज

१४, जेठ २०७९
बजेटको तयारीमा प्रदेश सरकार 
images

सुसीला श्रेष्ठ, काठमाण्डौ, १४ जेठ । संघीय सरकारले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । भोलि आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछ । अहिले प्रदेश सरकारहरू पनि बजेट तथा कार्यक्रम बनाउनमा केन्द्रीत भएका छन् ।

कानुनी व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुपर्छ । चालू आर्थिक वर्षको लागि ३२ अर्बको बजेट ल्याएको प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार बढाउदै करिव३५ अर्बसम्म पु¥याउने तयारी गरेको छ । अहिले मन्त्रालयगत छलफल सकेर सरोकारवाला विज्ञ र स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल चलिरहेको छ ।

यो वर्षको बजेटमा कृषि, पर्यटन, पुर्वाधार विकाससँगै सहकारीका क्षेत्र प्राथमिकतामा पर्ने प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता पुण्यप्रसाद रिजालको भनाइ छ । ११ वटा मन्त्रालय रहेको मधेश प्रदेशले अहिलेसम्म एउटा मन्त्रालयसँग मात्रै बजेट तयारीको लागि छलफल गरेको छ भने १० मन्त्रालयलाई बजेटको सिलिङ पठाएको छ ।

केहिदिन भित्रै मन्त्रालयगत छलफल सक्ने र बजेको प्राथमिकताको क्षेत्र तय गर्ने मधेश प्रदेशको अर्थ मन्त्रालयका प्रवक्ता उद्धबराज न्यौपानेले सीआइएनसँग बताउनुभयो ।

मधेश प्रदेशले पनि आगामी आर्थिक वर्षको लागि २ अर्ब जति बजेट बढाउने योजना बनाएको छ । बाग्मती प्रदेश सरकार पनि आगामी आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारणमा व्यस्त छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता शशी भट्राई ५७अर्ब आसपासको बजेट ल्याउने तयारी भइरहेको र नागरिकका आवश्यकता प्राथमिकतामा पर्ने बताउनुहुन्छ ।

गण्डकी प्रदेशले पनि गत वर्षको हाराहरी मै बजेट ल्याउने तयारी गरेको छ भने पुरानै योजनाहरुलाई निरन्तरता दिने तयारी गरेको अर्थ मन्त्रालयका प्रवक्ता बसन्तराज तिवारीले बताउनुभयो । लुम्बीनी प्रदेशमा प्रि–बजेट अर्थात बजेटका प्राथमिकताका बारेमा हिजोदेखि छलफल सुरू भएको छ ।

आर्थिक मामिला तथा सहकारी मन्त्रालयका प्रवक्ता रामबहादुर कार्की सङ्घीय सरकारको नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याउने बताउनुहुन्छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता पदमबहादुर बुढा क्षेत्रीका अनुसार कर्णाली प्रदेशले यसपटक नयाँ भन्दा पुराना योजनालाइ पूरा गर्ने गरि बजेट ल्याउने छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब सम्मको बजेट ल्याउने तयारी गरेको छ । उत्पादनमुखी, बहुवर्षीय आयोजनाको निरन्तरता तथा रोजगारमुखी बजेट ल्याउने आर्थिक मामिला तथा योजना मन्त्रालयको तयारी छ । आफ्नो कार्यकालको अन्तिम वर्ष भएकाले पनि सरकार तथा सांसदहरू नयाँ योजना भन्दा पूर्व घोषित कार्यक्रम पूरा गर्ने गरि बजेट ल्याउनुपर्नेमा छन् । 

images
प्रकाशित मिति :जेठ १४, २०७९ शनिवार - १०:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology