कुरिनटार, १३ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकाको समृद्धि र विकासका लागि बजेट ल्याउन पहल सुरु गरेको छ । अध्यक्ष गुरुङले विभिन्न योजनाहरुमा बजेट माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरुसँग भेटवार्ता सुरु गरेको हो।

अध्यक्ष गुरुङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न पश्चात आजै एक टोली लिएर प्रदेश राजधानी हेटौडा पुगेका हुन्। उनले प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त बहादुर चेपाङ, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मिलनबाबु श्रेष्ठ लगायतसँग गाउँपालिकामा प्रदेशबाट संचालित योजना र नयाँ योजनाका लागि बजेट व्यवस्थापन सम्बन्धमा भेटवार्ता गरेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल, वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ सम्मिलित टोलीले अन्य मन्त्रालयमा समेत पुरानो र नयाँ योजनाको लागि बजेट व्यवस्थापन गर्न भेटघाट गरेको छ ।
आ.व. २०७८।०७९ मा बागमती प्रदेश मन्त्रालयबाट इच्छाकामना गाउँपालिकामा संचालित योजनाहरु
१. जलबिरे याकराङ चनौटे ढुङ्ग्रे सडक
२. ईच्छाकामना गाउँपालिका वडा नं. ४ नयाँबस्ति सडक कालोपत्र ।
३. इच्छाकामना गाउँपालिका वडा नं. ६ भाल भञ्ज्याङ देखि रेबुङ्ग बाटो
४. पाँचकिलो देखि चारघरे बाटो ट्रयाक खोल्न ईच्छाकामना गाउँपालिका ६
५ नयाँ बस्ति सडक ढलान तथा स्तरोन्नती ईच्छाकामना वडा नं. ४
६. सिमलढाप पिपलटार बिचको बाटो स्तरोन्नती ईच्छाकामना गाउँपालिका वडा नं ७
७ नाग्दी खोला लामिडाँडा कुरिनभित्ता सडक स्तरोन्नती ईच्छाकामना गाउपालिका ५
८. तल्लो दङग्रे उपरदानगढी सडक ट्रयाक ओपन इच्छाकामना गाउँपालिका वडा न. ६
९. कुरिनभित्ता खहरे खोला डाँडा सडक स्तरोन्नती ईच्छाकामना गाउँपालिका वडा नं. ४
नयाँ माग गर्ने योजनाहरु
१.कालिका नगरपालिका लाहुरे चोक देखि ईच्छाकामना गाउँपालिका वडा नं. ७ गर्दास सडक कालोपत्रे
२. जखडीमाई भरतपुर ११ देखि ईच्छाकामना गाउँपालिका सिमलढाप खेतवारी सडक कालोपत्रे
३. जलविरे याकराङ ढुंग्रे सडक कालोपत्रे
४. मुग्लिन तामिन इच्छाकामना सडक कालोपत्रे
५. थानखोला पुल निर्माण ईच्छाकामना ७
६. कोलभञ्ज्याङ हात्तिवाङ सडक ट्रयाक खोल्ने
७. साउखाउँ देखि ज्यान्दाला सम्म मोटरबाटो निर्माण इच्छाकामना ।
८. कालिङ कल्वाङ हुँदै साइरालिङ सम्म मोटरबाटो निर्माण ईच्छाकामा
९. पाम डाँडा आमा समुह भवन सम्पन्न
१०.किटसोरा आमा समुह भवन सम्पन्न
११. खर्पन योगा शिविर आमा समुह भवन निर्माण
१२. मायाटार मैतेश सडक ट्रयाक खोल्ने
१३. चुम्लिङ रुप्लाङ सडक स्तरोन्नती
१४. इच्छाकामना ५ बाल उद्यान सम्पन्न