कुरिनटार, १३ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रवक्तामा नर बहादुर नेपाल नियुक्त भएको छ । गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा आज बसेको पहिलो कार्यपालिका बैठकले नेपाललाई गाउँपालिकाको प्रवक्तामा नियुक्त गरेको हो।
प्रवक्तामा नियुक्त नेपाल वडा नं. ३ को नवनिर्वाचित वडाध्यक्ष समेत हुन्।