अविनाश आचार्य, काठमाडौँ, १३ जेठ । यसपटकको स्थानीय चुनावमा प्रदेश सांसदबाट राजीनामा दिएर पालिका प्रमुखमा उम्मेदवारी दिएकाहरूले राजनीतिमै रहने बताएका छन् । स्थानीय तह निर्वाचनमा आठ जना प्रदेश सांसदले उम्मेद्वारी दिएकामा दुई जना मात्रै निर्वाचित भएका थिए ।
तल्लो वरियताको पदमा उम्मेद्वारी दिएर जनताको मत जित्न असफल भएकाहरूले राजनीतिमै रहने बताएका हुन् । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा बागमती प्रदेशसभाको सांसदबाट राजीनामा दिएर विजय सुवेदीले उम्मेदवारी दिनुभएको थियो भने
काठमाडाँै महानगरपालिका प्रमुखमा सांसद पदबाट राजीनामा दिएर केशव स्थापितसहित सांसदहरू शेख अबुल कलाम, उपेन्द्रकुमार कुशवाह, कृष्णबहादुर थापा स्थानीय तह प्रमुखमा उम्मेदवार बन्नुभएको थियो । परिणाम जे जस्तो आए पनि राजनीतिबाट टाढा नहुने उनीहरूले बताएका छन् ।