आँबुखैरेनी, १२ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएको छ । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गर्ने दिन बुधबार आवश्यक संख्यामा मात्र उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको हो।
निर्वाचन कार्यालय आँबुखैरेनीले दिएको जानकारी अनुसार आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका सदस्यमा महिला र दलित अल्पसंख्यक पदमा माओवादी केन्द्रबाट मात्रै उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको हो।
निर्वाचित हुनेहरुमा महिला सदस्यमा बसुन्धरा गौली, शुशिला नेपाली, सम्झना सुनार र सुन कुमारी गुरुङका साथै दलित अल्पसंख्यक सदस्यमा गंगा वि.क. र भुगोल वि.क. रहेका छन् ।