Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

५२ वर्ष अघिको मुग्लिन बजार तस्विरमा...

५२ वर्ष अघिको मुग्लिन बजार तस्विरमा...

images

इच्छाकामना न्युज

१२, जेठ २०७९
५२ वर्ष अघिको मुग्लिन बजार तस्विरमा...
images

मुग्लिन, १२ जेठ । ५२ वर्ष अगाडि बि.सं. २०२७ जेठ १३ गते अर्थात सन १९७० को मे २६ का दिन न्यूजिलैण्डर ट्रक ड्राइभर नील रोलिन्स आफ्नै ट्रकमा काठमाडौंबाट पोखराका लागि हिडेका थिए ।

न्यूजिलैण्ड निवासी नील जब सानै थिए । त्यसबेला उनका शिक्षकले आफू ५० मुलुक घुमिसकेको वर्णन गरेको कथा सुने पछि उनलाई पनि ठूलो भए पछि विश्व घुम्ने रहर जाग्यो । सन ७० को दशक हिप्पी युग थियो । नेपाल हिप्पीहरुका लागि स्वर्ग भएको थियो । त्यतिबेला नेपाल मात्र होइन अफगानिस्तान, पाकिस्तान र भारतमा पनि हिप्पीको भ्रमण तालिका जोडिएको हुन्थ्यो । गाँजा चरेसको खुला बिक्री हुने हुँदा यश क्षेत्रको व्यापार पनि आकाशिएको थियो ।

यूरोपबाट बस, ट्रक, जीप, भ्यान नै लिएर सडकबाट यात्रा गर्नेहरुको लश्कर नै हुन्थ्यो । पछि अमेरिकी सरकार बिश्वब्यापी रुपमा गाँजा माथि प्रतिबन्ध लगाउन कुटनैतिक यात्रा नै शुरु गरे । नेपाल जस्तो सानो मुलुकलाई विशेष प्राथमिकता नदिने अमेरिकी कुटनैतिक यात्रामा अमेरिकी उपराष्ट्रपति स्पारो एग्नेव नै नेपाल आए । यो नै अमेरिकी उच्च पदस्थको पहिलो र अन्तिम भ्रमण हो । यहाँ मात्र होइन ७० को दशकमा सर्वसम्पन्न भएको अफगानिस्तानको अर्थ ब्यबस्था समेत धराशायी बनायो, गाँजा अफिमको प्रतिबन्धले ।

हिप्पी युगको समयमा नै नील रोलिन्स ट्रकमा साथीहरूसंग काठमाडौं आइपुगेका थिए । उनको यो यात्रा उनको विश्व भ्रमणको सपनाको पहिलो यात्रा थियो । उनले यात्राको वर्णन गर्दै थुप्रै पुस्तकहरु पनि लेखेका छन् । नेपाल यात्राको विवरण “Overseas Experience” मा पाउन सकिन्छ । उनको ब्लग Dust on my feet मा पनि यात्राका कथा पढ्न पाइन्छ ।

माथिको तस्बिर भने ५२ वर्ष अगाडि आजकै दिन मुग्लिङमा खिचेका हुन् । भर्खरै बजार जम्न लागेको मुग्लिङका काठे घरहरु देख्न सकिन्छ । यस प्रकारका एक दुई काठे घर अझै पनि मुगलिङमा बचेका छन् । साथै बिच बाटोमा थुपारिएको ढुङ्गाले नयाँ होटल निर्माणको क्रम बढ्न थालिसकेको संकेत गर्दछ । छेउमा चाङ लागेका नुनका बोरा र मट्टीतेलका ड्रमहरुले पनि ब्यबसाय उकासिएर ब्यापारीकरण हुँदै गरेको झल्को पाइन्छ । साथै एक होटल अगाडि रोकिएको बिटल्स कार र बिदेशीहरुको भिड पनि देख्न सकिन्छ ।

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - १६:१२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology