Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रेनु दाहालको दोस्रो कार्यकालको पहिलो निर्णयः छोरीलाई निःशुल्क बीमा, ७ हजारसम्म खानेपानी निःशुल्क

रेनु दाहालको दोस्रो कार्यकालको पहिलो निर्णयः छोरीलाई निःशुल्क बीमा, ७ हजारसम्म खानेपानी निःशुल्क

इच्छाकामना न्युज

११, जेठ २०७९
रेनु दाहालको दोस्रो कार्यकालको पहिलो निर्णयः छोरीलाई निःशुल्क बीमा, ७ हजारसम्म खानेपानी निःशुल्क

चितवन, ११ जेठ । भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले बुधबार विहान पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपुर्ण निर्णय गर्नु भएको छ ।

images

उहाँले अब भरतपुरमा जन्मिने छोरीलाई नि:शुल्क बीमा गरिने पहिलो निर्णय गर्नु भयो भने भरतपुरभित्र ७ हजार लिसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताउनुभयो ।

छोरीलाई गरिने बीमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गर्नु भयो ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०९:१२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology