आँबुखैरेनी, ११ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय परिचय पत्र दर्ताको लागि शिविर सुरु हुने भएको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार गाउँपालिकाको सबै वडामा आजदेखि राष्ट्रिय परिचय पत्र दर्ताको शिविर सुरु हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना र आँबुखैरेनी गाउँपालिकाको समन्वयमा शिविर संचालन हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए।
परिचयपत्रको लागि यी हुन् अनिवार्य चाहिने कागजपत्र
१. नेपाली नागरिकता प्रमाणपत्रको सक्कल,
२. बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि(उपलब्ध भएसम्म)
३. नागरिकता प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिकाको सिफारिस,
४. राहदानी भएमा सोको सक्कल,
५. बसाई सराई गरेको हकमा बसाईसराई प्रमाणपत्रको सक्कल,
६. विवाहितको हकमा नागरिकता प्रमाणपत्रमा पति/पत्निको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्रको सक्कल,
७. सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेद प्रमाणपत्रको सक्कल,
८. विधवा महिला भएकोमा पतिको मृत्यदर्ताको प्रमाणपत्र,
