Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना ५ अब प्लाष्टिक मुक्त क्षेत्र हुने, नवनिर्वाचित वडाध्यक्ष शेरचनले गरे पहिलो निर्णय

इच्छाकामना ५ अब प्लाष्टिक मुक्त क्षेत्र हुने, नवनिर्वाचित वडाध्यक्ष शेरचनले गरे पहिलो निर्णय

images

इच्छाकामना न्युज

१०, जेठ २०७९
इच्छाकामना ५ अब प्लाष्टिक मुक्त क्षेत्र हुने, नवनिर्वाचित वडाध्यक्ष शेरचनले गरे पहिलो निर्णय
images

मुग्लिन, १० जेठ । चितवनको इच्छाकामना गाउँपालिका ५ का अध्यक्ष तेजबहादुर शेरचनले आफ्नो कार्यकालको पहिलो निर्णय वडालाई प्लास्टिक मुक्त क्षेत्र बनाउने गरेका छन्।

सोमबार पदभार ग्रहण गर्दै शेरचनले वडालाई प्लास्टिक मुक्त क्षेत्र बनाउने निर्णय गरेका हुन ।

उनले भने ” प्लास्टिक मुक्त क्षेत्र बनाउने कार्य जटिल नै छ तर असम्भब छैन। सजिलो कार्य जसले पनि गर्दछ। म जनताको प्रतिनिधित्व गरेर आएको जनप्रतिनिधि भएको नाताले जनताको स्वास्थ्य तथा वातावरण प्रदुषणलाई ध्यानमा राखेर वडालाई प्लास्टिक मुक्त क्षेत्र बनाउने कठिन कार्यलाई सार्थक तुल्याउन विज्ञ एवं सरोकारवालासँग छलफल गरि टुङ्गोमा पुर्याउने छु।”

उनले थपे ” जनताले म प्रति अपेक्षा राखेर नै चुनेर पठाएको हुँदा जनताको अपेक्षालाई ५ वर्ष भित्र पुरा गर्न प्रतिवद्ध ब्यक्त गर्दछु।म जनताको सेवक बन्न आएको हुँदा जनताको साथ सहयोग र टिप्पणी मेरो लागि मार्गदर्शक हुन्, सुझावको अपेक्षा राख्दछु।”

वडा अध्यक्ष शेरचनले यस अघि नै वडा अध्यक्ष हैसियतले आउने तलब सिमान्तकृत चेपाङ जातिको स्वास्थ्य विमा गरिने घोषणा गर्नु भएको थियो।

images
प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - २२:१२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology