भरतपुर, १० जेठ । भरतपुर-२९ को अध्यक्षमा एमालेका मानबहादुर मगरलाई हराउँदै कांग्रेसका सूर्यबहादुर गुरुङ विजयी भएका छन् ।
यसअघिको निर्वाचनमा निवर्तमान वडाध्यक्ष मानबहादुरसँग हारेका गुरुङले यसपाली उनै मगरलाई पराजित गरेका हुन् । वडाध्यक्षमा विजयी भएका गुरुङ र पराजित मगरबीच मीतको सम्बन्ध रहेको छ ।
विजयी भएका गुरुङलाई कुनै पूर्वाग्रह नराखी सहयोग गर्ने निवर्तमान अध्यक्ष मगरले बताए ।