Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सरकारले विलासी वस्तुमा रोक लगाएपछि त्यसको सकारात्मक प्रभाव 

सरकारले विलासी वस्तुमा रोक लगाएपछि त्यसको सकारात्मक प्रभाव 

images

सिआईएन

१०, जेठ २०७९
सरकारले विलासी वस्तुमा रोक लगाएपछि त्यसको सकारात्मक प्रभाव 
images

काठमाण्डौ, १० जेठ । अर्थतन्त्रमा दवाव कम गर्न सरकारले विलासी वस्तुमा रोक लगाएपछि त्यसको प्रभाव आयातमा सकारात्मक रुपमा देखा परेको छ । सरकारले गत चैत १३ गतेदेखि खेलौना, मोबाइल, मदिरा लगायतका १० वटा वस्तुहरूको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

यसअघि नेपाल राष्ट्र बैङ्कले पनि विलासीताका वस्तुहरूलाई निरुत्साहित गर्न बैङ्कहरूलाई परिपत्र गरेको थियो । त्यसयता बाह्य मुलुकबाट हुने आयातमा कमी आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको चैतमा नेपालमा बाह्य मुलुकबाट एक खर्ब ५८ अर्बको वस्तु आयात भएको थियो । तर, वैशाखमा यो दर घटेर १ खर्ब ३७ अर्ब ९९ करोडमा पुगेको छ ।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले सुरुवाती असर सकारात्मक देखिए पनि आयात रोक्ने निर्णयले पारेको प्रभावबारे यकिन तथ्याङ्क आउन समय लाग्ने बताउनुभयो । आयातमा इन्धनको आकार ठूलो रहेकाले सरकारले त्यसको खपत घटाउनतर्फ सचेत हुनुपर्ने उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - ०९:०७:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology