Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरमा मतगणना नसकिँदै मेयरमा रेनु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी निर्वाचित

भरतपुर महानगरमा मतगणना नसकिँदै मेयरमा रेनु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी निर्वाचित

भरतपुर महानगरमा मतगणना नसकिँदै मेयरमा रेनु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी निर्वाचित

चितवन, ९ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।

images

भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११,४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४२६३ मत पाएका छन् । यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् । अधिकारीले ४७,९५८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन् । अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।

उपमेयरमा अधिकारी विजयी
भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजयी हुन पर्याप्त मत ल्याएका हुन् ।

गठबन्धनका उम्मेदवार अधिकारीले ४७ हजार ८०४ मत ल्याएका छन् । अधिकारीले प्रतिद्वन्द्वी राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङलाई १९ हजार ९१८ ले पछाडि पारेका छन् । अब भरतपुरमा गन्न बाँकी मतभन्दा अधिकारीको मतान्तर बढी भइसकेको छ ।

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - २३:१०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology