Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाका नवनिर्वाचित सबै जनप्रतिनिधीहरुले शपथ ग्रहण गरे (फोटो फिचर)

इच्छाकामनाका नवनिर्वाचित सबै जनप्रतिनिधीहरुले शपथ ग्रहण गरे (फोटो फिचर)

images
इच्छाकामनाका नवनिर्वाचित सबै जनप्रतिनिधीहरुले शपथ ग्रहण गरे (फोटो फिचर)
images

कुरिनटार, ९ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित सबै जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन् । गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरि उपाध्यक्ष, वडाध्यक्ष लगायत सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिरुले शपथ ग्रहण गरेका हुन् । 

6.jpg

गाउँपालिकामा निर्वाचित अध्यक्ष दान बहादुर गुरुङले नवनिर्वाचित उपाध्यक्ष माया सिलवाल लगायत वडाध्यक्ष र वडासदस्य सबैलाई देश र जनताको पक्षमा काम गर्ने शपथ खुवाएका थिए। 

18.jpg

इच्छाकामना गाउँपालिकामा यसपटक ३७ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। जसमध्य अध्यक्ष, उपाध्यक्ष ५ वडाध्यक्ष सहित २८ जना नेकपा एमालेबाट, १ वडाध्यक्ष सहित ६ जना काँग्रेसबाट र १ वडाध्यक्ष सहित ३ जना माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधी छन्।

15.jpg

नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले भने शुक्रबार नै चितवनका जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारी समक्ष शपथ ग्रहण गरिसकेको छ ।

17.jpg

शपथ ग्रहणसँगै आजै सबै नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सुरु गरेका छन्। 

13.jpg

यसैबिच नवनिर्वाचित जनप्रतिनिधिहरुलाई इच्छाकामना गाउँपालिकाका निर्वाचन अधिकृत इश्वर आचार्यले निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरेका थिए।

14.jpg

साथै कार्यक्रममा गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई मायाको चिनो, दोसल्ला र सम्मानपत्रले सम्मान गर्दै विदाई समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले जानकारी दिए।

2.jpg

9.jpg

10.jpg

4.jpg

12.jpg

7.jpg

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - २०:००:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology