Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

७ सय २६ स्थानीय तहको मत परिणाम सार्वजनिक

७ सय २६ स्थानीय तहको मत परिणाम सार्वजनिक

images
७ सय २६ स्थानीय तहको मत परिणाम सार्वजनिक
images

काठमाण्डौ, ९ जेठ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय २६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले ३ सय २० स्थानीय तहमा जित हासिल गरेको छ भने ६ स्थानमा अगाडि रहेको छ ।

नेकपा एमाले १ सय ९७ पालिकामा विजयी हुँदा ९ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ २९ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने २ स्थानीय तहमा अगाडि छन् ।

जनता समाजवादी पार्टी (जसपा)ले २९ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १४ स्थानमा विजयी हुँदा २ स्थानमा अगाडी छ । 

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - ०९:०७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology