Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शपथ ग्रहण गरेकै दिन गण्डकी गाउँपालिका अध्यक्षको पहिलो निर्णय प्रशासकीय भवन निर्माणको ठेक्का रद्द

शपथ ग्रहण गरेकै दिन गण्डकी गाउँपालिका अध्यक्षको पहिलो निर्णय प्रशासकीय भवन निर्माणको ठेक्का रद्द

शपथ ग्रहण गरेकै दिन गण्डकी गाउँपालिका अध्यक्षको पहिलो निर्णय प्रशासकीय भवन निर्माणको ठेक्का रद्द
images

भुम्लिचोक, ८ जेठ । गोरखाको गण्डकी गाउँपालिकाले प्रशासकीय भवन तथा वडा नम्बर ६ र ८ को वडा कार्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रद्द गरेको छ । पालिकाले आज आइतवार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै गएकाे वैशाख ९ गते प्रकाशित सूचनाअनुसारकाे ई–बिडिङ प्रक्रिया रद्द गरिएको जनाएको हो । जेठ ६ गतेको बैठकको निर्णयअनुसार अहिलेलाई ठेक्का प्रक्रिया रद्द भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि ढकालले बताउनुभयो । 

images
images

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दीपक तिमिल्सनाले शपथ ग्रहण गरेकै दिन ठेक्का प्रक्रिया रद्द गराउने निर्णय गराउनुभएको हो । भवन निर्माणका लागि प्राप्त प्रस्तावहरू भाेलि साेमवार खुलाउने तयारी गरिएको थियो । 

गण्डकी गाउँपालिकाको केन्द्रका विषयमा विवाद रहँदै आएको छ । अर्को ठाउँमा पालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा गएकाे आर्थिक वर्षको गाउँ सभाले नीति, कार्यक्रम र बजेट पास गर्न सकेको थिएन । केन्द्रसम्बन्धी विवाद प्रक्रियागत रूपमा समाधान गर्ने दलीय सहमतिअनुसार गाउँ सभा सम्पन्न भएको थियो ।

गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले भने भवन निर्माणका लागि स्रोत सुनिश्चित नभएकाले तत्कालका लागि ठेक्का प्रक्रिया रद्द गरिएको बताउनुभयो । पालिकाको केन्द्रका विषयमा पनि आउँदाे गाउँ सभा र कार्यपालिकामा छलफल हुन सक्ने उहाँकाे भनाइ छ । ‘प्रशासनिक सुगमता हेरेर नयाँ ठाउँमा पालिकाको केन्द्र रहन सक्छ तर यसबारे गाउँ सभाले गरेको निर्णयलाई मानेर अघि बढ्ने हो’, तिमिल्सिनाले भन्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाकाे नामाङ्कन र सीमाङ्कन गर्ने क्रममा गण्डकी गाउँपालिकाको केन्द्र साविकको भूम्लीचोक गाविसको कार्यालयमा रहने भनी निर्धारण गरेको थियो । कुनै पालिकाकाे नाम र केन्द्र हेरफेर गर्नुपर्दा चुनाव भएको ६ महिनाभित्र सामान्य बहुमतले र त्यसपछि दुई तिहाइ बहुमतबाट पारित गरी प्रदेश सरकार हुँदै सङ्घीय सरकारको मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ । आउँदाे गाउँ सभामा यसबारे छलफल हुने र सकेसम्म सहमति जुटाएर काम अघि बढाउने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले ओखलडाँडामा प्रशासकीय भवन बन्न नसके स्थानीयवासीले दिएको जग्गालाई वडा कार्यालय भवनसहित शहीद पार्क, खेलकुद मैदान लगायतका संरचना निर्माणमा उपयोग गर्न सकिने बताउनुभयो । गाउँ सभाले त्यही ठाउँ छनाेट गरेमा भने स्रोत जुटाएर छिट्टै नयाँ ठेक्का प्रक्रिया सुरु गरी भवन निर्माण कार्य अघि बढाउने उहाँको भनाइ छ ।

अहिले केन्द्र रहेको भूम्लीचोकको ओखलडाँडामा प्रशासकीय भवन र वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्ने गरी विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । त्यसका लागि स्थानीयवासीबाट झन्डै आठ रोपनी जग्गा उपलब्ध भएको छ । वडा नम्बर ८ को कार्यालय भवनसमेत गरी प्याकेजमै ठेक्का आह्वान गरिएको थियो । तीन वटै भवन निर्माणका लागि झन्डै १२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । 

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - २०:३०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology