Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिका अध्यक्षको पहिलो निर्णय : 'विपन्न वर्ग पहिचान गरि स्वास्थ्य बिमा गर्ने'

इच्छाकामना गाउँपालिका अध्यक्षको पहिलो निर्णय : 'विपन्न वर्ग पहिचान गरि स्वास्थ्य बिमा गर्ने'

images
इच्छाकामना गाउँपालिका अध्यक्षको पहिलो निर्णय : 'विपन्न वर्ग पहिचान गरि स्वास्थ्य बिमा गर्ने'
images

कुरिनटार, ६ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले पदभार ग्रहण गरेका छन्। उनले जिल्ला समन्वय समिति चितवनको सभाहलमा आज बिहान शपथ ग्रहण गरे लगत्तै गाउँपालिका कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गरेको दिननै उनले पहिलो निर्णयको रुपमा विपन्न वर्गको पहिचान गरि स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन्। निर्णयमा हस्ताक्षर गर्दै उनले भने ‘मैले चुनावी प्रतिबद्धता अनुरुप सबैभन्दा पहिले विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुचमा पुर्‍याउन गाउँपालिका भित्रका विपन्न वर्गको पहिचान गर्ने र उनीहरुको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छु’ । 

सुरुवात देखि नै नागरिकको शासक हैन सेवक बनेर काम गर्ने प्रतिबद्धता गर्दा नागरिकले विश्वास गरेर आफुलाई जिताईदिएकोले आफु नागरिक प्रति सधै बफादार रहने उनले बताए। 

यस्तै गाउँपालिकाको नवनिर्वाचित उपाध्यक्ष र वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधीहरुलाई आगामी सोमबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गरिने उनले बताए। साथै उनका अनुसार सोही कार्यक्रममा गाउँपालिकाका पूर्वजनप्रतिनिधिहरुलाई पनि विदाई गरिनेछ ।

इच्छाकामना गाउँपालिकामा यसपटकको स्थानीय तह निर्वाचनबाट नेकपा एमालेबाट अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्ष, २१ जना सदस्य, नेपाली काँग्रेसबाट १ वडाध्यक्ष, ५ जना सदस्य र माओवादी केन्द्रबाट १ वडाध्यक्ष, २ सदस्य निर्वाचित भएका छन्। 

images
प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - १३:००:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology