Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दानबहादुर गुरुङद्वारा सपथ ग्रहण

इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दानबहादुर गुरुङद्वारा सपथ ग्रहण

images
इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दानबहादुर गुरुङद्वारा सपथ ग्रहण
images

चितवन, ६ जेठ । स्थानीय तह निर्वाचन–२०७९ अन्तरगत चितवनको इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले सपथ ग्रहण गरेका छन् ।

आज बिहान जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले उनलाई सपथ ग्रहण गराएका हुन् । उनले देश र जनताको हितमा काम गर्ने सपथ लिएका हुन् ।

अध्यक्षमा निर्वाचित गुरुङले ५ हजार ७१० मतका साथ विजयी भएका थिए भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी गीता कुमार गुरुङले ४ हजार २ सय मत प्राप्त गरेकी थिइन् ।

निर्वाचित अध्यक्षलाई निर्वाचन अधिकृतले विजेताको प्रमाण पत्र समेत प्रदान गरेका थिए । अध्यक्ष गुरुङले आजै गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराउँदै पदभार ग्रहण गर्ने तयारीमा छ। 

images
प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - ११:२४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology