Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सत्ता गठबन्धनलाई पराजित गर्दै घोराही उपमहानगरमा एमालेका उम्मेदवार निर्वाचित 

सत्ता गठबन्धनलाई पराजित गर्दै घोराही उपमहानगरमा एमालेका उम्मेदवार निर्वाचित 

images
सत्ता गठबन्धनलाई पराजित गर्दै घोराही उपमहानगरमा एमालेका उम्मेदवार निर्वाचित 
images

चन्द्रप्रकाश नेपाली, दाङ, ५ जेठ । सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी हुनुभएको हो ।

उहाँले ३१ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गर्नुभयो । चौधरी २०७४ मा पनि प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

२०७४ मा उहाँले २२ हजार ३० मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिस्पर्धी काँग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत पाउनुभएको थियो । उपमहानगरको उपप्रमुखमा  एमालेका हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी हुनुभएको छ ।

उहाँले ३० हजार ४ सय ३ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गर्नुभयो । डाँगी २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेर एमालेका चौधरीसँग पराजित हुनुभएको थियो । 

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०९:०६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology