पोखरा, ५ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा एकिकृत समाजवादीका धनराज आचार्य अगाडी हुनुहुन्छ भने उपप्रमुख तर्फ नेकपा एमालेका मञ्जुदेवी गुरुङले अग्रता लिनुभएको छ ।
महानगरको ४७ हजार ४ सय ६६ मत गणना हुँदा प्रमुख तर्फ आचार्यले १९ हजार ६ सय १५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका कृष्ण थापाले १७ हजार ५ सय १२ मत प्राप्त गर्नुभएको छ राप्रपाका शंकर पोखेलले १ हजार ९ सय ६२ मत प्राप्त गर्नुभएको छ ।
महानगरको उपप्रमुख तर्फ नेकपा एमालेका मन्जुदेवी गुरुङले अग्रता लिँदै २० हजार २ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका कोपिला रानाभाटले गुरुङलाई पछ्याउँदै १९ हजार ७ सय ४४ प्राप्त गर्नुभएको छ । उपप्रमुख पदका उम्मेदवार राप्रपाका रन्जना कुमारी सेन पौडेलले १ हजार ७ सय ४४ मत प्राप्त गर्नुभएको कास्कीबाट हिमचुली एफएमले खबर पठाएको छ ।