Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनामा नेकपा एमालेको सानदार जित हुदाँ काँग्रेस, माओवदी गठबन्धनको लज्जास्पद हार

इच्छाकामनामा नेकपा एमालेको सानदार जित हुदाँ काँग्रेस, माओवदी गठबन्धनको लज्जास्पद हार

इच्छाकामनामा नेकपा एमालेको सानदार जित हुदाँ काँग्रेस, माओवदी गठबन्धनको लज्जास्पद हार
images

कुरिनटार, ४ जेठ । नेकपा एमालेले चितवनको इच्छाकामना गाउँपालिकामा सानदार जित निकालेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा हार व्यहोर्न पुगेको एमालेले यसपटक झण्डै दुई तिहाई सहितको सानदार जित नजिक पुगेको छ । 
२०७४ सालको स्थानीय तह निर्वाचनमा चितवन जिल्लामै काँग्रेसको साख जोगाउन सफल इच्छाकामना दुई दल बिच गठबन्धन हुदाँ पनि यसपटक लज्जास्पद हार व्यहोर्न पुगेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसले इच्छाकामनामा १ वटा सदस्य बाहेक कुनै पनि पदमा जित हासिल गर्न सकेको छैन ।

images
images

काँग्रेसबाट वडा नं. ३ को महिला वडा सदस्यमा सरिता गुरुङ निर्वाचित हुन बाहेक अरु कुनैपनि वडामा सदस्य पनि जित्न सकेको छैन भने वडा नं. ७ मा १२०० मत गन्दा वडाध्यक्षमा ३२ मतले अग्रता लिएको छ तर पनि अझै जित अनिश्चित छ । 

यसपटक इच्छाकामना गाउँपालिकामा गठबन्धन गरेका माओवादी केन्द्र र नेपाली काँग्रेस दुवै दललाई नराम्ररी पराजित गर्दै एमालेले सबैजसो सिटमा जित हासिल गर्दै लगेको छ । अहिलेसम्म मत गणना भएको मध्यमा नेकपा एमालेले अध्यक्ष, ५ वटा वडाध्यक्ष, २१ जना सदस्यमा जित हासिल गरेको छ भने उपाध्यक्ष, र मत गणना भैरहेको वडा नं. ७ को ४ जना सदस्यमा पनि अग्रता लिइरहेको छ । 

गठबन्धनका अर्का दल माओवादी केन्द्रले वडा नं. १ वडाध्यक्ष र वडा नं. ३ मा २ वटा सदस्य मात्र जितेको छ । यसरी हेर्दा अन्तिम मतपरिणाम आउदासम्म इच्छाकामना गाउँपालिकामा नेकपा एमालेले २ तिहाई बहुमत पाउने करिब करिब निश्चित भएको छ । 

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - १०:५४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology