Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वडा नं. ७ को १४३७ मत गन्न बाँकी छदै इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका दान बहादुर गुरुङ विजयी

वडा नं. ७ को १४३७ मत गन्न बाँकी छदै इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका दान बहादुर गुरुङ विजयी

वडा नं. ७ को १४३७ मत गन्न बाँकी छदै इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका दान बहादुर गुरुङ विजयी
images

कुरिनटार, ४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार दान बहादुर गुरुङ विजयी भएको छ । वडा नं. ७ को मतगणना भैरहदा १४३७ मत गन्न बाँकी छदै एमालेका गुरुङ गाउँपालिका अध्यक्षमा विजयी भएको हो।

images
images

गणना गर्न बाँकी रहेको भन्दा गुरुङले अग्रता लिएको मत बढि भएको कारण मतगणना गर्न बाँकी छदै उनी विजयी भएको हो । वडा नं. ७ को पछिल्लो मत परिणाम अनुसार एमालेका अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङले ५४६० मत ल्याएका छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका अध्यक्ष उम्मेद्वार रहेका गीताकुमारी गुरुङले ३९५७ मत ल्याएका छन्। जसअनुसार अध्यक्षमा १५०३ मतको मतान्तर रहेको छ ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार माया सिलवालले गठबन्धनबाट उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार प्रताप गुरुङलाई २७१ मतले अग्रता लिएकी छिन्। उनले ४७२२ मत पाएकी छिन् भने प्रताप गुरुङले ४४५१ मत पाएकी छिन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा काँग्रेसले जितको यस वडाको अध्यक्षमा पनि एमालेकै उम्मेद्वार बोधराज गोलेले १ मतले अग्रता लिएको छ । गोलेको ४८० मत आएको छ भने नेपाली काँग्रेसका उम्मेद्वार बम बहादुर मगरको ४७९ मत आएको छ । 

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०९:४२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology