Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना ५ मा पनि एमालेका तेज बहादुर शेरचन दोब्बर मतान्तरले गठबन्धनलाई हराउदै प्यानलै विजयी

इच्छाकामना ५ मा पनि एमालेका तेज बहादुर शेरचन दोब्बर मतान्तरले गठबन्धनलाई हराउदै प्यानलै विजयी

इच्छाकामना ५ मा पनि एमालेका तेज बहादुर शेरचन दोब्बर मतान्तरले गठबन्धनलाई हराउदै प्यानलै विजयी
images

कुरिनटार, ३ जेठ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा नेकपा एमालेका अध्यक्ष उम्मेदवार तेजबहादुर शेरचन दोब्बर मत सहित प्यानलै विजयी भएको छ।

images
images

विजयी उम्मेद्वार शेरचनको ७ सय ५२ निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जितबहादुर थापाको ३ सय ८४ मत र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको मोदराज सिलवालले २ सय १३ मत प्राप्त गरे।

यसैगरि गाउँपालिका अध्यक्षमा एमालेकै दानबहादुर गुरुङ र उपाध्यक्षमा गठबन्धनको माओवादी उम्मेदवार प्रताप गुरुङको अग्रता कायमै छ।

वडा नं ५ सम्म सम्पन्न मतगणनामा एमालेको दानबहादुर गुरुङले ३ हजार ९ सय ५० मत गरी ८ सय १४ मतले अग्रता कायम गरेको छ। सत्ता गठबन्धनको अध्यक्ष उम्मेदवार गीताकुमारी गुरुङले ३ हजार १ सय ३६ मत प्राप्त गरेकी छ।

यसैगरी उपाध्यक्षमा गठबन्धनका प्रताप गुरुङले ३ हजार ५ सय ५७ मत प्राप्त गरि १ सय ६७ मतले अग्रता कायम गरेको छ भने एमाले की माया सिलवालले ३ हजार ३ सय ९० मत प्राप्त गरेको छ।

images
प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - १०:५६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology