Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा उधुम मच्चाउदै माओवादी, गणना भएका मध्य झण्डै आधा मत माओवादीलाई 

आँबुखैरेनीमा उधुम मच्चाउदै माओवादी, गणना भएका मध्य झण्डै आधा मत माओवादीलाई 

images
आँबुखैरेनीमा उधुम मच्चाउदै माओवादी, गणना भएका मध्य झण्डै आधा मत माओवादीलाई 
images

आँबुखैरेनी, १ जेठ । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रममा नेकपा माओवादी केन्द्रले तनहुँ आँबुखैरेनी गाउँपालिकाको मतगणनामा उधुम मच्चाएको छ । उधुम यसअर्थमा कि आँबुखैरेनीमा मुख्य ३ दल मध्य तुलानात्मक रुपमा सबैभन्दा कमजोर मानिएको माओवादी केन्द्रले हाल गणना भैरहेको मत मध्य झण्डै ५० प्रतिशत मत आफ्नो पोल्टामा पारेको छ । 

यो समाचार तयार पार्दासम्म आँबुखैरेनीको वडा नं. १ को सबै १५२० मत र वडा नं. २ को ८०० मत गनिसकेको छ । जसमा माओवादी केन्द्रको अध्यक्ष उम्मेद्वार शुक्र चुमानले मात्रै ११५१ मत पाएका छन्। गणना भैसकेको मतलाई आधार मान्ने हो भने ४९.६१ प्रतिशत माओवादी केन्द्रले मत पाएको छ । 

निकटम प्रतिद्वन्द्वी काँग्रेसका अध्यक्ष उम्मेद्वार गिर बहादुर थापासँग माओवादी केन्द्रको अध्यक्ष उम्मेद्वार शुक्र चुमान ६७३ मतले अगाडी छ। 

मतगणना सकिएको वडा नं १ यस अघि काँग्रेसले झिनो मतान्तरले जितेकोमा यसपटक माओवादी केन्द्रकै उम्मेद्वारहरुले निकटम प्रतिद्वन्द्वीसँग दोब्बर भन्दा बढि मतले प्यानलै जितेको छ । 

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ११:४६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology